|

काठमाडौं : सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा रुपक सापकोटा नियुक्त भएका छन्। यसअघिका उपकार्यकारी निर्देशकबाट ईन्द्रा अधिकारीले राजीनामा दिएपछि उक्त पद खाली थियो।

रिक्त पदका लागि मन्त्रालयले बुधबार युवा परराष्ट्र तथा सुरक्षा विज्ञ सापकोटालाई नियुक्त गरेको हो। प्रतिष्ठानको कार्यकारी निर्देशकमा भने राजेश श्रेष्ठ रहेका छन्।

चीनमा अन्तर्राष्ट्रिय मामिलाका विषयमा विद्याबारिधी गरेका सापकोटा नेकपाका नेता अग्नि सापकोटाका छोरा हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.