उदयपुर : विश्वभर फैलिएको कोरोनाको संक्रमणलाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले भिडभाडमा जम्मा भएर होली खेल्न निषेध गरेको छ।
जिल्ला सुरक्षा समन्वय समितिको बुधबारको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भिडभाड हुने मेला, महोत्सव, उत्सव गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए। साथै, सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चित कालसम्मका लागि स्वीकृति नदिने सूचना समेत जिल्ला प्रशासन कार्यालयले निकालेको छ।
यस्तै, कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन र संक्रमण भइहालेमा उपचार र रोकथामका लागि पनि जिल्ला अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको प्रजिअ खड्काले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।