|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा प्रत्येक सांसदले एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्। 
उनले आफ्नो ट्वीटरमा लेख्दै सबैले विपदमा श्रोत जुटाउन सरकारको साथमा रहेको भन्दै आश्वास्त गर्न पनि आग्रह गरेका हुन्। 

उनले लेखेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक  सांसदको ! महिनाको तलब जम्मा गरौं। जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर  सरकारलाई आश्वस्त पारौँ।’ 

त्यस्तै उनले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गरेका छन्। उनले थप लेखेका छन्, ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पनैदिने छैन भनेर आश्वस्त पारोस्।’  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.