सबै स्वास्थ्यकर्मीको बिदा रद्द, क्‍वारेन्टाइनमा बस्‍नेमाथि कडा नियम

|
दरभंगास्थित एक क्‍वारेन्टाइनमा रहेका भारतीय (फाेटाे : दैनिक भाष्कर)

एजेन्सी : नेपालसँगको सीमा रहेको भारतको बिहार राज्यमा विगत २४ घन्टामा एक जना पनि कोरोना संक्रमित बिरामी नभेटिएको बिहार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साथै बिहारमा लकडाउनको १३ दिनसम्म त्यहाँको प्रशासनले त्यसलाई कडाइका साथ लागु गरेको जनाएको छ। पटना, मुजफ्फरपुर, गया, भागलपुरसमेतमा लकडाउनको पूर्ण प्रभाव देखिएको छ। बिहार राज्यभरि हालसम्म कोरोना भाइरस संक्रमितको संख्यामा ३२ मा सीमित छ। 

पछिल्लो २४ घन्टामा ७ सय ६ को थ्रेट स्वाब परीक्षण गरिएको तर तीमध्ये कसैमा पनि कोरोना संक्रमण नभेटिएको हो। संक्रमण पाइएका ती ३२ मध्ये पनि ४ जना भने सफल उपचारपछि घर फर्किसकेका भारतीय स्वास्थ्य मन्त्रालयले निकालेको तथ्यांकमा उल्लेख छ। 

बिहार सरकारले सोमबारबाट पटना मेडिकल कलेजमा कोरोना भाइरसको नमुना जाँच सुरु गरेको जनाएको छ। यससँगै अब बिहार राज्यका चार स्थानमा कोरोनाको नमुना जाँच हुने भएको छ। 

यससँगै बिहार राज्यका सबै स्वास्थ्यकर्मीको छुट्टी ३० अप्रिलसम्म रद्द गरिएको छ। त्यसैगरी बिहारकाक्‍वारेन्टाइनमा रहेका कसैले पनि उप्रदव गरेमा या अवाञ्छित कार्य गरे कडा कारबाही गरिने जनाइएको छ। आइसोलेनसको अवधिमा समेत गैरकानुनी क्रियाकलाप गरेको पाइए घर साटो जेल पठाइने बिहार सरकारले चेतावनी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.