|

गुल्मी : राहत वितरण र क्वारेन्टाइनको अवस्था अनुगमन गर्न प्रदेश सांसदहरूको नेतृत्वमा अनुगमन समिति बनाइएको छ। जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा उक्त अनुगमन समिति गठन गरिएको जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ।

क्षेत्र नं १ को क मा सांसद गीता थापाको नेतृत्वमा  र ख मा  सांसद कमलराज श्रेष्ठको नेतृत्वमा जिल्ला समन्वय समितिका सदस्यहरू, कर्मचारी लगायतलाई सहभागी गराई अनुगमन समिति बनाइएको हो।

यस्तै,  क्षेत्र नं २ को क मा सांसद खड्ग केशीको नेतृत्वमा र ख मा सांसद दिनेश पन्थीको नेतृत्वमा कर्मचारी, जिल्ला समन्वय समितिका सदस्यहरू लगायतको सहभागिता रहने जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ।  गुल्मीमा पहिलो चरणमा १२ हजार २७० परिवारलाई राहत स्वरुप स्थानीय तहले खाद्यान्न बितरण गरिसकेका छन् भने लकडाउन अझै लम्बिए दोस्रो चरणमा राहत वितरणका लागि योजना बनाइरहेको गुल्मीका स्थानीय तहहरूले जनाएका छन्।

प्रदेशले बनाउने योजनामा उपलब्धि :  पद्रेश सांसद पन्थी

अनुगमन समितिले आगामी प्रदेशको बजेट र योजना निर्माणमा उपलब्धि हासिल गर्ने प्रदेश सांसद दिनेश पन्थीले दाबी गरेका छन्।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण स्थानीय तहहरूमा के कति प्रभाब परेको छ।   स्थानीय स्तरमा के कस्ता योजना छनोट गर्दा प्रभाबकारी हुने  भन्ने बारेमा प्रदेशको आगामी बजेट र योजना निर्माणमा  यस अनुगमनले ठुलो भूमिका खेल्ने पन्थीले बताए।

परिणामबारे अनुगमन :  समन्वय प्रमुख

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीलाई पहिलो चरणको राहत वितरण गरेर पनि सकियो किन समिति भन्ने थाहाखबरको प्रश्नमा उनले परिणामको अवस्था बुझ्नका लागि समिति बनाइएको दाबी गरे।

उनले राहत वितरणमा जिल्लामा एकरुपता भए नभएको र  राहत पाउनुपर्ने व्यक्तिहरूले पाए नपाएको बारेमा पनि अनुगमन गरिने बताएका छन्। यस्तै,  जिल्लाभर निर्माण भएका क्वारेन्टाइन मापदण्ड अनुसार भए नभएको बारेमा पनि अनुगमन गर्ने बताएका छन्।

यस्तै प्रदेश सांसदहरूको नेतृत्वमा  बनेको अनुगमन समितिले आगामी बजेट निर्माणमा समेत के कस्ता योजनाहरू बनाउँदा प्रभावकारी हुन्छ भन्ने बारेमा पनि मार्गदर्शन गर्ने पराजुलीको दाबी छ। सँगै जिल्लामा संचालित स्थानीय तह, प्रदेश र केन्द्रबाट बिनियोजित योजनाहरूको अबस्थाको बारेमा पनि अनुगमन गरिने उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.