|

डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोनालाई जितेर शुक्रबार अस्पतालबाट घर फर्किएकी हुन्।

उनको पनि लगातार दुई पटक रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो।

उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भइसकेका थिए। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन्। 

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका १ कि ६५ वर्षीया महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.