काठमाडौं : दक्षिण कोरिया तथा इङ्ग्लिस क्लब टोटनह्याम हट्स्परका स्ट्राइकर सन ह्युङ मिन फुटबलमा एसियाकै उत्कृष्ट स्ट्राइकरका रुपमा परिचित छन्।
उनले आफ्नो खेल कौशल आफ्नो राष्ट्र दक्षिण कोरिया र क्लब टोटनह्यामबाट प्रमाणित गरिसकेका छन्। यसबीचमा सनले आफूलाई एक कुशल सिपाहीको रुपमा समेत प्रमाणित गरे।
दक्षिण कोरियामा अनिवार्य मानिने सैन्य ट्रेनिङ पुरा गर्ने क्रममा स्टार सनले १५७ सहभागीमध्ये आफुलाई शीर्ष ५ मा राख्न सफल भए। तीन साता लामो सैनिक तालिमका क्रममा सनले क्याम्पमा सुटिङ विधामा उत्कृष्ट नतिजासमेत हासिल गरे। उनले सुरुवातबाटै उत्कृष्ट रुपमा सैनिक अभ्यास गरेका थिए।
कोरिया हेराल्डका अनुसार सनले कोरियाको दक्षिणी क्षेत्र जेजुस्थित म्यारिन कर्प्स ट्रेनिङ क्याम्पमा आफनो अभ्यास पुरा गरेका थिए। तालिमका लागि सन लन्डनबाट क्लबसँग छुटिलिएर आएका थिए। कोरोना भाइरस संक्रमणका कारण समापन समारोह सार्वजनिक रुपमा गरिएको थिएन।
कोरियामा हरेक नागरिकले २१ महिने सैन्य तालिम अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ। तर सनले सन् २०१८ को एसियाली खेलकुदमा देशका लागि स्वर्ण पदक जितेपछि उनको तालिम अवधि घटाइएको थियो।
अब सनले सन् २०२३ सम्म सिमित सामाजिक कार्यहरुमा सहभागिता जनाउनु पर्नेछ। सनले अभ्यासका क्रममा कति अंक पाएका थिए भन्ने नुखलाए पनि उनको प्रदर्शन चकित पार्ने रहेको सम्बद्ध अधिकारीको हवाला दिँदै हेराल्डले लेखेको छ।
प्रिमियर लिग फुटबल कोरोना संक्रमणका कारण स्थगित भएपछि सन कोरिया प्रस्थानमा सहज भएको थियो। उनी अब अर्को महिना लण्डन फर्कने अपेक्षा गरिएको छ।
हाल टोटेनहमले समूहगत रुपमा प्रशिक्षण गरिरहेको छ। लिग सुचारु हुने अझै अन्योलमा रहेको छ। अहिलेसम्म प्रिमियर लिगबारेमा कुनै निर्णय भएको छैन। जसले सनलाई अनिवार्य सैन्य तालिम पूरा गर्नका सजिलो भएको छ।
आफ्नो देशमा भएको अभ्यासमा उनले सुटिङ, शैन्य कौसल, रसायनिक, जैविक तथा रेडियो लोजीको ज्ञान लिएका थिए। ब्यक्तिगततर्फ चिकित्सा प्रशिक्षण गरेका उनले सुटिङतर्फ १० मा १० नै अंक प्राप्त गरेका थिए। अनुशासनमा पनि उनी शीर्ष स्थानमा रहे।
🇰🇷 Heung-Min Son has completed his mandatory military service in South Korea. He is due to return to London next week.
— Tottenham Hotspur (at 🏡) (@SpursOfficial) May 8, 2020
Congratulations, Sonny. See you soon! #THFC ⚪️ #COYS pic.twitter.com/ldacJRm4j8
तपाईंको ईमेल गोप्य राखिनेछ ।