|

बस्टन : कोरोनाको संकटमा परेर क्यान्सर पीडित पेम्बा रिन्जी लामा शेर्पाको केमोथेरापी अभावमा निधन भएको छ। ५२ वर्षीय लामाको न्युयोर्क प्रेस्टबेटरिन अस्पतालमा गत बुधबार साँझ निधन भएको हो। 

करिब नौ वर्षअघि अमेरिका आएका उनी सोलुखुम्बु दूधकुण्ड नगरपलिका–५ छिनाक्पु गाउँका हुन्। पेटको क्यान्सरको उपचारका लागि गत ६ महिनादेखि दुई–दुई सातामा केमोथेरापि लिँदै आएका थिए। तर, कोरोना लकडाउनका कारण नियमित केमोथेरापी पाएका थिएनन्। घरमै आराम गरिरहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या आएपछि करिब एक साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो।

लामाका श्रीमति, एक–एक छोरा र छोरी नेपालमै छन्। उनी न्युयोर्कको क्विन्सस्थित एल्मर्ष्टमा बस्दै आएका थिए। अस्वस्थताका कारण काम गर्न नसकेर तीन महिनाको कोठाभाडा साथीभाइको सहयोगमा तिरिएको थियो। न्युयोर्कमा अन्तिम संस्कार गर्न पालो नपाउने देखिएपछि मेरिल्याण्डस्थित विधानसभा सदस्य एच.बी. भण्डारीको सहयोगमा न्युजर्सीको रूबी ममोरियल फ्युनरल–होममा गर्न प्रक्रिया अघिबढाइएको छ। भण्डारीले यसअघि कोभिड–१९ बाट निधन भएका पवन मल्ल र विष्णु राईको अन्त्येष्टिका लागि पनि सहयोग जुटाइदिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.