हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश २ बाट छिर्ने नाकामा कडाइ गरिएको छ ।
बागमती प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। सोहीअनुसार मकवानपुर कमान्ड पोस्टले कोरोना संक्रमित भेटिएको मकवानपुरका छिमेकी जिल्लाबाट तरकारी, फलफूल, मानिस, माछामासु, कामदार तथा श्रमिक पनि नल्याउने निर्णय पनि गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।
उक्त निर्णयसँगै प्रदेश २ बाट आउने सवारीसाधन, पैदल यात्रुलाई चुरियामाई नाकामा सशस्त्र र नेपाल प्रहरीले क्याम्प खडा गरेर रोकेको छ। बागमती प्रदेश सरकारले छिमेकी प्रदेशको बारा, पर्सा, रौतहट क्षेत्रमा कोरोनाको संक्रमण दर बढेपछि प्रदेश २ सँग जोडिएका सबै नाका सिल गर्न आग्रह गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।