|

अर्घाखाँची : जिल्लाको अर्घारतले टारीस्थित बाटोमा अचेत अवस्थामा रहेका प्युठानका ६३ वर्षीय दलबहादुर पुनको जिल्ला प्रहरी टोली अर्घाखाँचीले उद्दार गरी एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ।

वृद्ध बाटोमा अचेत अवस्थामा गाउँलेले देखेपछि  प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जानकारी पाउनेबित्तिकै  एम्बुलेन्स लिएर उद्दारमा पुगेको थियो। उक्त पुरुषलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरूसुचना अधिकृत तथा प्रवक्ता प्रकाश खत्रीले बताए।

शवलाई अहिले जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ। आफन्तलाई खबर गरिसकिएको र आएपछि पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

सर्पको टोकेर मृत्यु

यस्तै,  दाङमा सर्पको टोकाइबाट बालिकाको मृत्यु भएको छ। लमही नगरपालिका ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ बर्षिया छोरी रेश्मा कुमालको सर्पको टोकाईबाट मृत्यु भएको हो। आमासँगै घरको पेटीमा खेल्दै गरेकी बालिकालाई शनिबार सर्पले टोकेको हो। सर्पले टोकेपछि समयमै उपचार नपाउँदा बालिकाको मृत्यु भएको हो। 
मृतक बालिकाका आफन्तले धामिझाँकी बोलाउन खोज्दा उपचारमा ढिलाई भएपछि निधन भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.