|

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका ७ को मानपुरमा आगलागी भएको छ। आगलागी दिउँसो १ बजेबाट सुरु भएको थियो। आगलागीका कारण ९ घर र २ गोठ जलेर नष्ट भएका छन्। स्थानीय रमेश यादवको गोठबाट आगलागी सुरु भएको थियो।

आगलागीबाट मानवीय क्षति भने भएकाे छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र कृष्णनगर नगरपालिको दमकलले आगलागी नियन्त्रणमा ल्याएको थियो।

यसपटक विजयनगर गाउँपालिकामा भएकाे याे तेस्रो आगलागी भएको हो। आगलागी पीडितहरुका लागी विजयनगर गाउँपालिकाले ५ हजार बरावरको खाद्यान्न सामाग्री राहतस्वरुप दिएको छ।

यसैगरी 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.