|

काठमाडौं :  प्रतिनिधि सभाको आजको बैठकमा संविधान संशोधनको विधेयक पेश गरिने भएको छ।  बिहान ११ बजे बस्ने बैठकमा संशोधन विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने छिन्।

यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने समय मागेपछि विधेयक पेश अन्तिम समयमा रोकिएको थियो।  

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-०७८ को राजस्‍व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.