फिचर : फोटो फिचर

निजगढ–काठमाडौं द्रुतमार्गले लिएन गति (फोटो फिचर)

जेठ २४, २०७७

    बारा : संघीय राजधानी र तराई मधेसको बाराको निजगढलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माण कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ। पहिलाे चरण पूरा गरेकाे राष्ट्रिय गौरव आयोजनाकाे बारा खण्डकाे काम भने ठप्प छ। 

    निजगढबाट काठमाडौंसम्म करिब एक घन्टामै पुग्ने गरी उक्त सडक निर्माण गर्न लागिएको हो। ७२.२ किलो मिटर उक्त द्रुतमार्गमा ६.४९ किलोमिटर सुरुङ मार्ग र १०.५९ किलोमिटर पुल हुन्छन्। बाँकी ५५.५ किलोमिटर भने सडक हुनेछ। आयोजनालाई तोकिएको समयमै सक्न लागि सेनाले ११ भागमा कामलाई विभाजन गरेकाे छ।

    निजगढ खण्डमा बेसको काम सकिएको छ। दोस्रो चरणको काम सुरु हुन नसक्दा बर्षाले बेस बगाउन थालेको छ। सडक अन्र्तगत मोहोरी पार्क छेउको डाँडामा सुख्खा पहिरो गएर सडक नै अवरुद्ध बनेको छ। पहिरोले बकैया नदीलाई समेत साँघुरो पारेको छ।

    लकडाउनका कारण काम सुस्त हुँदा निर्माणका लागि विनियोजित करिव ३ अर्ब रुपैयाँ फिर्ता भएको छ। रक्षा मन्त्रालयले चालु आर्थिक वर्षका लागि फास्ट ट्रयाकमा विनियोजन भएको रकमबाट २ अर्ब ८३ करोड ६६ लाख ५२ फिर्ता भएको हो। चालु आवमा सरकारले फास्ट ट्रयाककालागि मात्र १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। 


     

महेश्वर अधिकारी

अधिकारी थाहा खबरका बारा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]