|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीले विद्युतीय गाडी र इन्डक्सन चुलोमा कर बढाएर व्यापारीको हितमा काम गरेको आरोप लगाएका छन्। संसदमा मन्त्रालयगत विनियोजन बजेटमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। 

‘विद्युतीय गाडीमा, इन्डक्सन चुलोमा कर लगाएर कसको हित गरिराख्नु भएको छ, देशको हित गर्नु भएको छ कि कुनै व्यक्तिको?’ उनले भने, ‘यो सच्याएर देशको हितमा पाइला चाल्न अर्थमन्त्रीज्यूलाई म आग्रह गर्दछु।’  बूढीगण्डकी जलाशय आयोजनालाई राष्ट्रले गौरवको बनाउने कदममा अर्थमन्त्रीले अग्रसरता लिनुपर्ने उनको भनाइ छ। 

उनले अहिलेको सरकारले जलस्रोतको विकासभन्दा पनि नारा लगाएर बसेको आरोप लगाए। ‘स्रोतको विकास गर्न नारा हैन काम गरौँ,’ उनले भने, ‘हाम्रो क्षमता ८३ हजार मेगावाट छ। ५० जिल्लामा जलस्रोत छ। यस्ता कुरालाई थन्क्याएर नेपालको पानी जनताको लगानी भनेर सस्ता नारा लगाएर बसेको छ।’

उनले नेपाली कांग्रेस सरकारमा हुँदा ल्याएको जलस्रोतको नीतिले निजी क्षेत्र जलस्रोत विकासमा आकर्षित भएकोले त्यस्तो कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.