विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङको शब्द रचना रहेको गीत &lsquo...
काठमाडौं : गायक चक्र बम र गायिका लक्ष्मी आचार्यको ‘भन साली’ बोलको देउडा फ्युजन गीत सार्वजनिक भएको छ।
गायक बमको शब्द रहेको गीतको संगीत नरेन्द्रराज रेग्मीले गरेका छन्। गीतमा चक्रको म्युजिक रिक्रियट पनि रहेको छ। सुदूर तथा मध्य पश्चिमका विभिन्न भेगमा गाइने देउडा फ्युजन गीतलाई गायक बमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
पछिल्लो समय देउडा गीतमा फ्युजनशैली मिसाइएपछि यसको दायरा पनि फराकिलो भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा सीमित यस्ता गीतको दायरा अहिले फराकिलो भएको हो। पछिल्लो पुस्ताहरुले पुराना शैलीका देउडा भाकाहरुलाई नयाँपनसहित फ्युजन गर्ने क्रम पनि बढेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।