काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम ...
काठमाडौं : नेपाल अभिभावक महासंघले कक्षा–११ को पाठ्यक्रमको अन्योलताको निकास तत्काल निकाल्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालसँग माग गरेको छ। नयाँ पाठ्यक्रमले अहिलेसम्म अन्योलता कायम भएको भन्दै फोनमार्फत आज निकास निकाल्न आग्रह गरेको महासंघका अध्यक्ष शुप्रभात भण्डारीले बताएका छन्।
‘यसै वर्षदेखि लागू हुने गरी कक्षा–११ का केही पाठ्यक्रमहरू परिवर्तन भएको तर, त्यसको विरुद्धमा सर्वाेच्च अदालतमा रिट परेपछि त्यसलाई तत्काल लागू नगर्न अन्तरिम आदेश भयो,जसका कारण नयाँ पाठ्यक्रम पढाउन रोकियो। यसले कुन पाठ्यक्रम पठाउने त भन्ने टुंगो भएन’ उनले भने।
मुद्दाको सुनुवाइ चल्दै आएको उनले जानकारी दिए। ‘आजको पेशी स्थगित भएछ,’उनले भने,‘यसबारे आजै नवनियुक्त शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, शिक्षा सचिव गोपीनाथ मैनाली र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालसँग टेलिफोन मार्फत कुराकानी गरी तत्काल अन्तरिम निकास निकाल्न अनुरोध गरेका छौँ।’
पाठ्यक्रमका कारण कक्षा–११ को विद्यार्थीहरूमा अन्योलता छाए पनि यस विषयमा सम्मानित अदालतले फास्ट ट्रयाकबाट फैसला गर्न नखोजेको र शिक्षा मन्त्रालयले अहिलेलाई पुरानै पाठ्यक्रम पढाउने बाटो खुल्ला नगरिदिएको भन्दै उनले दु:खेसो पोखे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।