जनकपुरधाम : सत्ता गठबन्धनको माओवादी केन्द्रका मधेश सरकारमा रहेका मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मधेशको ठूलो दल एमालेका मन्त्रीहर...
सिमरा : संसद विघटनविरुद्ध बाराका ४ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले छुट्टाछुटै विरोध कार्यक्रम गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय सदस्यहरूले सम्बोधन गर्ने गरी बाराको निजगढ, कलैया, सिमरा र गढीमाई गरी ४ वटा निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै विरोध र्याली आयोजना गरिएको हो।
विरोध र्यालीमा कांग्रेसका नेता तथा कार्यकर्ताले संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सर्वसत्तावादी ओली सरकार मुर्दावाद, संसद विघटन असंवैधानिक कदम मुर्दावादलगायत नारा लगाएका थिए।
कार्यक्रममा केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी,फरमुल्ला मन्सुर, राधेचन्द्र यादव र वृजलाल यादवले छुट्टाछुट्टै सम्बोधन गरेका हुन्। कांग्रेस निर्वाचन क्षेत्र नं ४ का सभापति सुनिल गुप्ताले लोकतन्त्र बचाउन र कम्युनिष्टका कारण देशमा हुन सक्ने दुर्घटना रोक्न कांग्रेसले विरोध कार्यक्रम आयोजना गरेको बताए।
‘संसद विघटनको पक्ष वा संसद पुनर्स्थापनामा हामीले विरोध कार्यक्रम गरेको होइन, यो कम्युनिस्ट चर्तिकलाको विरोधमा हो’, गुप्ताले भने। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको निर्णय पर्खाइमा कांग्रेस रहेको गुप्ताले जनाए। उनले थपे, ‘संसद विघटन सही वा गलत सर्वोच्च जे निर्णय गर्छ त्यही आधारमा कांग्रेस बढ्न तयार छ।’
नेपाली कांग्रेसले आज देशभरका १ सय ६५ ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम आयोजना गरेको थियो। स्थानीय, प्रदेश तथा संघ सरकार गठन भएको ३ वर्षको अवधीमा कांग्रेसले पहिलोपटक नेता तथा कार्यकर्तालाई सडकमा उतारेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।