राजनीति

बहुमत भएकाले संस्थापन हामी हाैं, सूर्य चिह्न पनि हाम्रै हो : ओनसरी घर्ती

पुस १३, २०७७

    नवलपरासी : प्रचण्ड नेपाल समूह नै नेपाल कम्युनिष्ट पार्टीको संस्थापन पक्ष भएको पूर्व सभामुख तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती मगरले बताएकी छन्। 

    बहुमत केन्द्रीय सदस्य आफूहरूतिर रहेकाले सूर्य चिह्न पनि आफूहरुकै हुने पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला भेलामा उनले दाबी गरिन्। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै उल्लेख नभएको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर प्रतिनिधिसभा विघटन गर्नु दुर्भाग्यपूर्ण भएको घर्तीको भनाइ थियो। 

    नेपाली जनताको ठूलो त्याग र तपस्याले अहिलेको संविधान जारी भएको भन्दै उनले कुनै व्यक्तिको सनकको भरमा संविधान नै धरापमा पर्ने स्थिति आउन नहुने पनि बताइन्। संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीको नभएको भन्दै उनले यो वैधानिक छ भन्नु नै गलत रहेको र ओलीको कदम प्रतिगमनकारी भएको तर्क गरिन्। 

    सर्वोच्च अदालतले निष्पक्ष रुपमा आफ्नो पदीय दायित्वलाई ख्याल गर्दै जनताको पक्षमा फैसला गर्नुपर्ने उनको तर्क छ। प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू ढुक्क रहेको उनले बताइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]