काठमाडौं : इङ्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीलेको शीर्ष स्थानमा फर्किएको छ। क्रेभे...
काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल १(१ गोलको बराबरीमा सकिएको हो।
चेल्सीका लागि ओलिभर जिराउडले खेलको ३४औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा एक शून्यको अग्रता लिएको चेल्सीले दोस्रो हाफको ५०औ मिनेटमा गोल खाएको थियो।
एस्टन भिल्लाका लागि अनवर यी घाजीले गोल गर्दै खेल बराबरी गरेका थिए। बराबरीपछि एस्टन भिल्ला १४ खेलमा २६ अंकसहित पाँचौं स्थानमा छ। त्यस्तै चेल्सी १६ खेलमा २६ अंकसहित छैठौ स्थानमा छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।