समाज

पूर्ण अशक्त दिदीबहिनीलाई मानव सेवा आश्रममा पुन:स्थापना

पुस १५, २०७७

    जुम्ला : जुम्लाका पुर्ण अशक्त दिदी-बहिनीलाई पुन:स्थापना गर्न​ मानव सेवा आश्रममा पठाइएको छ।

    जुम्लाको गुठीचौर गाउँपालिका-२ निवासी पूर्ण अशक्त भएका निर्मला बुढा र विष्णुमाया बुढालाई मानव सेवा आश्रममा पुन:स्थापनका लागी पठाइएको हो। संरक्षण अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्ग पुन:स्थापन तथा विकास केन्द्रको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मानव सेवा आश्रममा तत्कालका लागि पुन:स्थापना गरिएको हो। 

    उनीहरूको झण्डै १२ वर्षसम्म जुम्लामा संरक्षण भइरहेको थियो। घरमा संरक्षण गर्न नसक्ने भएकाले सुर्खेतमा मानव सेवा आश्रमले संरक्षण शुरू गरेको अपाङ्ग पुन:स्थापन तथा विकास केन्द्रले जानकारी दिएको छ।

    गुठीचौर गाउँपालिकाले एक जना सहयोगी सहित जहाजबाट सुर्खेत पठाउन सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले १५ हजारका दरले तीन जनालाई यातायात खर्च र मानव सेवा आश्रमलाई कपडा वा कुनै सहयोगका लागि १० हजार गरी २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए।

    चन्दननाथ नगरपालिका-३ निवासी सम्झना शाहीले आठ वर्षसम्म स्थानीय उनीहरूलाई आफ्नै घरमा उनीहरूलाई संरक्षण दिएकी थिइन्‌। पछिल्लो समय रोजगारीका शिलशिलामा उनी सदरमुकाम बाहिर सिञ्जा जानुपर्ने भएकाले संरक्षण र अभिभावकत्व अभाव भएको थियो। 

    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, समाजिक विकास कार्यालयका प्रतिनिधि सहितको सरोकारवाला निकायको रोहवरमा प्रशासनमा भएको बैठकले सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीको समन्वयमा आश्रममा पठाउने निर्णय गरेको थियो।

    गाउँपालिकाले आवश्यक कागजात बनाएर भाडा सहित जहाजमा सुर्खेत पठाएपछि आश्रममा तत्काल व्यवस्थापन गरिएको महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन। उनले सडकमा रहेका मानवहरूको आश्रयको रुपमा स्थापित यो स्थानमा तत्कालका लागि पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति निर्मला र विष्णुमायालाई पनि राखिएको उनले बताइन।

    उनीहरूको आमाको निधनपछि १२ वर्षअघि गुठीचौर गाउँपालिका-२ कुडीगाउँबाट उनीहरूका पिता वीरवहादुर बुढाले उनीहरूलाई उपचारका लागि सदरमुकाम ल्याएका थिए। तत्कालिन समयमा आइएनएफमा छोडेर घर फर्किएका उनी फेरी नफर्किएपछि एक पटक स्थानीय प्रशासनले प्रहरी लगाएर पक्राउ गरी उनीहरूलाई जिम्मा लगाएको थियो।

    तर, घरमा अपाङ्गता अनुकूलको वातावरण नभएपछि फेरि सदरमुकाम ल्याइर आठ वर्ष संरक्षणमा राखिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]