स्थानीय निर्वाचन-२०७९

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

जेठ ३, २०७८

    काठमाडौं : कोरोना संक्रमणबाट गए रातिदेखि अहिलेसम्म थप ३० जना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बाँके,सुनसरी,चितवनका संक्रमतिको मृत्यु भएको हो। 

    बाँकेमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षीय पुरुष, भिमदत्त नगरपालिका–३ कन्चनपुरका ५५ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका– १० दाङकी ३८ वर्षीया महिला, मधुवन नगरपालिका–९ बर्दियाकी ७० वर्षीया महिला छन्।

    यस्तै,पन्चपुरी नगरपालिका–६ सुर्खेतका ५९ वर्षीय पुरुष, बासगढि नगरपालिका–९ बर्दियाका ८० वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका– ६ बाँकेकी ४० वर्षीया महिला र कोहलपुर नगरपालिका–९ बाँकेका ४५ वर्षिया महिला रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए। 

    त्यस्तै, तुल्सीपुर उपमहानगरपालिका–१ दाङकी ४८ वर्षिया महिला, बाँके खजुरा–३ की ६७ वर्षिया महिला र कैलारी गाउँपालिका–५ कैलालीका ३८ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। 

    विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र र विराट मेडिकल शिक्षण अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए।

    यस्तै, विराटनगर महानगर–४ का ४५ वर्षीय पुरुष, सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय पुरुष, उदयपुरको कटारी नगरपालिका ४ का ७४ वर्षीय पुरुष, सप्तरीको कञ्चनरूप नगरपालिकाका ६५ वर्षीय पुरुष र कञ्चनरूप–९ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। 

    त्यस्तै,सुनसरीस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जनाको संक्रमितको मृत्यु भएको छ।  सप्तरी र उदयपुरका १÷१ जना गरी दुई जना महिलाको मृत्यु भएको हो। सुरुङगा १ सप्तरीका ७० वर्षिया महिलाको आज बिहान पौने ८ बजे मृत्यु भएको हो। यस्तै त्रियुगा–३ उदयपुरकी ५० वर्षिया महिलाको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका सहायक प्रबक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए। 

    चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ११ संक्रमितको  मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन्। यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ। रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया महिलाको मृत्यु भएको छ। 

    भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुष, पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ। बाराको निजगढ नगरपालिका–९ का ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यस्तै अर्घखाँचीको भूमिकास्थान

    नगरपालिका–९ का ३० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। कपिलवस्तुका कोरोना सङ्क्रमितको सोही कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। शिवराज नगरपालिका–५ का ३५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय पुरुष रहेका छन्। सोही अस्पतालमा उपचारका क्रममा रुपन्देहीको कालिका नगरपालिकाका–१० का ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका–५ का ६० वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]