काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ। सरकारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेम...
काठमाडौं : सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा दशगजा मिचेर भारतले बाँध बनाउदा नेपाली नागरिकले गरेको प्रतिरोधको समर्थमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। शनिबार बिहान काठमाडौंको माइतिघर मण्डलमा गरिएको प्रदर्शनमा सीमाका नागरिकको समर्थन र भारतको सीमा मिचाइको विरोध गरिएको थियो।
प्रदर्शनमा सहभागीले भारतबाट समय समयमा हुने नेपाली सीमा अतिक्रमणको विरोधमा र तिलाठीका जनताको समर्थनमा नारा लगाएका थिए। 'भारतीय दादागिरीको विरोध गरौं, तिलाठीका जनताको प्रतिरोधको सलाम गरौं', 'दशगजामा भएको भारतीय हस्तक्षेप बन्द गर', 'मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रा हुन्', 'गर्व से कहु हम मधेसी छि, विदेशी भगौडा नै, धर्ती पुत्र छी' नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनपछि आयोजित सभामा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले भौगोलिक र जनसंख्याका हिसाबले सानो भएपनि राष्ट्रियताका हिसाबले देश सानो ठूलो नहुने बताए। उनले अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित भारतले सीमा अतिक्रमण गरेको बताउँदै नेपाली युवा विद्यार्थीले प्रतिरोध गर्नुपर्ने बताए।
अखिल क्रन्तिकारीका संयोजक नरेन्द्र न्यौपानेले भारतले तराई डुबाउने षडयन्त्र गर्दा पनि राज्य चुप लागेकोले अखिल क्रान्तिकारी प्रदर्शनमा उत्रिएको बताए। 'भारतले तराई डुबाउने काम जारी राख्ने र सीमा अतिक्रमण जारी राख्दा पनि नेपाल सरकार चुप लगेको छ, त्यसैले तिलाठीका जनताका पक्षमा हामी उठेका हौं' उनले भने।
अखिल क्रान्तिकारीले मधेसका जिल्लाहरुमा तिलाठीका जनताको समर्थन र भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको विरोधमा कार्यक्रम गर्ने संयोजक न्यौपानेले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
बिजय कुमार श्रेष्ठ (बझाङ्ग)।
मैले हिजो प्रतिकृया पोष्ट गर्दा मधेसी नेताहरुले नबोलेको विषयमा लखिन, किनभने सरकारमा जाने विषयमा ब्यस्त भएको बेला मधेस हाम्रो/मेरो हो भनेर जमिन्दारी हक खोज्नेहरुको विषयमा छिटो हुन्छ की भनेर । तर आज बिहान कान्तिपुर हेड लाईनरमा एक नेपाली भई तराईका जनतालाई राजनीतिक रुपले ठगी रहेको भारतीय मधेसी राजेन्द्र महतोसंग अन्तरसम्बाद प्रसारण भएको थियो । कान्तिपुरले ‘तपाईं सप्तरी घटनाको बारेमा किन बोल्नु भएन ’ भन्ने प्रश्नको जवाफमा उसले भनेको थियो ‘‘हामी किन बोलेको छैन, हामीलाई पनि चिन्ता लागिरहेको छ । यसमा त सरकार बोल्नु पर्यो नि, सरकार मौन छ’’ । यसबाट के बुझियो भने यसलाई मनमनै चिन्ता लाग्नु भनेको बोले सरह हुने रहेछ । चाइनाको विरोधमा यसले चिन्ता गर्दैन, एकैचोटी बोल्न शुरु गर्छ । तर भारतको विरोधमा यसले अरुले थाहा नपाउने गरी मनमनै चिन्ता मात्रै गर्दोरहेछ । यो विषय हिमाली, पहाडीयाहरुले मात्रै होइन नेपाली तराई मधेसका राष्ट्रवादी नेपाली दाजुभाई दिदी बहिनीहरुले राम्रोसंग बुझिराख्नु आवश्यक छ । सम्तरीको घटना सम्बन्धमा यो मात्रै होइन की नेपाली मधेसी नेता हुँ भनी नेपालको तराईमा ठगीरहेको कुनै पनि भारतीय दलालहरुले वाक्य फुटाएको छैन ।
बिजय कुमार श्रेष्ठ (बझाङ्ग)।
भारतीय दादागिरीको प्रतिरोध गर्ने नेपाली मधेसी नागरिक र यसको समर्थन गर्ने सबै पक्षसंग मेरो पनि भौतिक तथा नैतिक समर्थन तथा एक्यबद्धता जाहेर गर्दछु । अन्तराष्ट्रिय कानुन अनसार पनि कुनै पनि राष्ट्रले तठस्थ रुपमा राखिराख्नु पर्ने जमीनमा बाँध निर्माण गर्ने भारतीय दादागिरीको प्रतिरोध गर्ने दायित्व र कर्तब्य सप्तरीबासीको मात्रै नभई हामी सबै हिमाली तथा पहाडीया नेपालीको पनि दायित्व र कर्तब्य हो ।