काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन भएका छन्। प्रहरी प्रधान कार्या...
काठमाडौं : क्यानडाको लागि पिआर उपलब्ध गराईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले महाराजगंजबाट मंगलबार पक्राउ गरेको छ। अर्घाखाँची खनदह घर भई महाराजगंजमा लुकिछिपी बस्दै आएका रामप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको हो।
उनले ब्राइट क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीको नाममा १८ जनालाई क्यानडाको पिआर उपलब्ध गराइदिन्छु भनी ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। उनले प्रति व्यक्ति १२ देखि १८ लाख लाख लाग्छ भनी रकम उठाएका थिए । उनले १८ जनाबाट ६५ लाख १४ हजार पाँच सय रुपैयाँ उठाएको प्रहरीले जनाएको छ।
उनले दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जितेन्द्र शेरचन, रविनकुमार रौनियार, कृष्ण पाण्डे, देवराज राई, नविनकुमार झा, उमेश खड्का, रेखा कडेरिया, कल्पना कडेरिया, निशा बराल, रिमा क्षेत्री, बिक्रान्त केसी, राजन सुवेदी, रामचन्द्र पौडेल, सुनिल घिमिरे, बबिता गुरुङसँग रकम उठाएका थिए।
रकम उठाएपछि खनाल एक वर्षदेखि फरार भएका थिए। उनलाई मंगलबार पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी परिसर, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।