काठमाडौं : दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकालदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबीले)ले प्लेअफ सम्भावना कायम राखेको छ। आरसीबीले दि...
ब्राजिलमा जारी रियो ओलम्पिकमा कान्छी खेलाडी गौरिका सिंहको ओलम्पिक यात्रा टुङ्गिएको छ। १३ वर्षीया सिंहले हिट १ मा रहेका आफ्ना दुवै प्रतिष्पर्धीलाई पछि पार्न सफल भइन् तर, अन्तिम १६ मा स्थान बनाउन भने सफल हुन सकिनन्।
पौडीको १ सय मिटर ब्याकस्ट्रोकतर्फ उनी हिट १ मा परेकी थिइन्। उक्त हिट १ मा रहेका अन्य दुई खेलाडीलाई पछि त पारिन् तर उनले अन्य हिटमा भएका कसैलाई पनि पछि पार्न सकिनन्।
उनले १२ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा बनाएको १ मिनेट ७.३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान पनि तोड्न सकिनन्। उनले १ सय मिटरको दूरी १ मिनेट ८.४५ सेकेण्डमा पुरा गरिन्।
रियो ओलम्पिकको रेकर्ड अनुसार उनी समग्रमा ३२ औँ स्थानमा रहेकी छन्। उनी मात्र २ प्रतिष्पर्धीभन्दा अगाडि रहेकी छन्।
उक्त प्रतियोगितामा अष्ट्रेलियाकी सेबोम इमिलि मात्र ५८.२६ सेकेण्ड समयका साथ पहिलो स्थानमा रहन सफल भएकी छन् भने डेनमार्ककी निल्सेन मिइ ५८.७३ सेकेण्डसहित दोस्रो स्थानमा रहेकी छिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।