दाङ : दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। घोराही उपमहानगरपालिका-१० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीर...
काठमाडौं : नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ। विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्र विश्वकर्माले आइतबार बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत् थुनामुक्त गरी पाउँ भनेर निवेदन दर्ता गराएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए।
निवेदनमा एउटै विषयमा पूर्ण अनुसन्धान नै नगरी पटकपटक फरकफरक विषय उठाई थुनामा राखिएकाले बन्दीप्रत्यक्षीरकरणको आदेशमार्फत रिहा गर्न भनिएको छ। योसँगै उनका भाइ वीरेन्द्रले पाँचौँपटक विश्वकर्माको रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्।
यसअघि सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको निवदेनमा विश्वकर्मालाई भदौ १, ७, १८ र २९ गते सर्वोच्चले छाड्न आदेश दिएको थियो। यसअघिको विश्वकर्माको निवेदनमाथि आदेश दिँदै सर्वोच्चले सरकारलाई सर्वोच्चको आदेशलाई मर्यादित र पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।