काठमाडौँ : नेपालको दुई दिने औपचारिक भ्रमण सकेर फर्किएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा स...
झापा : नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्ण सिटौलाले पार्टी सुदृढीकरणका लागि पार्टीभित्र व्यापाक सुधार र परिवर्तनको खाँचो रहेको बताएका छन्।
नेपाली कांग्रेस गौरादह नगर समितिको आयोजनामा शनिबार आयोजीत अगुवा कार्यकर्ता भेटघाटमा उनले पार्टी कार्यकर्ताहरुको भावना, राय, सल्लाह र सुझावका आधारमा पार्टी भित्र आमुल परिवर्तन गर्न खाँचो रहेको बताए। सो क्रममा उनले पार्टी भित्र सामान्य विवाद रहे पनि सैद्धान्तिक विचलन नरहेको भन्दै चुनावमा पराजित भएपनि पार्टी पराजित नभएको धारणा राखे। कार्यक्रममा सिटौलालाई अधिकांश कार्यकताले पार्टी भित्र रहेको अन्तरकलह र नेता विभाजन भएका कारण पार्टी अगाडि बढ्न नसकेको भन्दै गुनासो पोखे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।