काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले आज पहिलोपटकस्थापना दिवस मनाउने भएको छ। न्याम्सले २२औँ स्थापना दिवसका अवसरमा पहि...
भोजपुर : डाक्टरले मागे जति तलब दिन नसक्दा जिल्ला अस्पताल भोजपुरको प्रसूति सेवा बन्द भएको छ।
डाक्टर शाहले आफू कामका लागि आएको र पैसाको मुख नहेर्ने सार्वजनिक कार्यक्रममा भनेका थिए तर नियुक्ति भएको सात महिना पूरा नभई काम छाडेर गइदिँदा सेवाग्राही मारमा परेका छन्। महिनामा ५०/६० जनासम्म प्रसूति गराउने सो जिल्ला अस्पताल भोजपुरमा दुईदेखि तीनजनाको शल्यक्रियाद्वारा प्रसूति गराउनुपर्ने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिए।
जिल्लामा रहेको प्रसूति सेवा बन्द भएपछि उपचारका लागि अन्यत्र रिफर गराउने गरेको प्रमुख झाको भनाइ छ। यसैबीच, बर्सातको कारण समयमा हवाई उडान नहुँदा र लेगुवा–भोजपुर सडक बर्सात र निर्माणकार्यका कारण अवरुद्ध भएपछि बिरामी तथा बिरामीका आफन्त दोहोरो मारमा परेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।