काठमाडौं : काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ...
कास्की: पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। पोखरा महानगरपालिका १८ स्थित सरांकोट डाँडाबाट उँडेर फेवातालको किनार खपौँदीमा ल्याण्ड गर्ने क्रममा चिनियाँ पाइलट एलेक्स वक्रियन र चिनियाँ मुलकै सिंगापुरका याङ गुङ जी घाइते भएका हुन्।
खपौँदीमा ल्याण्ड गर्नेक्रममा बिजुलीको तारमा अल्झेर उनीहरू दुर्घटनामा परेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए। उनीहरूको पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो १५ दिनभित्र पोखरामा अत्यधिक प्याराग्लाइडिङ दुर्घटना भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।