समाज

मुस्ताङमा सुख्खा पहिरो, बस्ती नै जोखिममा
SHARES

चैत ११, २०७५

    पोखरा : लामो हिमपातले पशुधनमा क्षती व्यहोरेका  मुस्ताङिहरूलाई फेरि अर्काे आपत आइपरेको छ। जिल्लाको घरपजोङ गाउँपालिका–१ टिबेटियन क्याम्प नजिकै सोमबार रातिबाट सुख्खा पहिरो खस्न थालेको छ। 

    पहिरोले छैरो गाउँ, टिबिटेन क्याम र चिमाङ गाउँ आउजाउ गर्ने मुख्य बाटो पुरै खसेको मुस्ताङका सञ्चारकर्मी सुशीलबाबु थकालीले थाहा खबरलाई जानकारी दिए। ‘अहिले पुरै बस्ती जोखिममा छ, ५० भन्दा धेरै रहेको बस्तीमा ८ घर उच्च जोखिममा छन्,’ उनले भने, ‘रातीबाट खसेको पहिरोले स्वास्थ्य चौकी, सार्वजनिक शौचालय, गाई गोठबगाएको छ।’

    बर्खायाममा कालीगण्डकीले पनि उक्त बस्ती छेउको जमिन कटान गरेको थियो। ‘बर्खायाममा कालिगण्डकीले गरेको कटान गरेको थियो,’ थकालीले भने, ‘अहिले त्यसको असर देखियो । अझ ठुलो दुर्घटना हुने देखिन्छ।’ 

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरीको सक्रियतामा जोखिममा रहेका घरका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। पहिरोको उच्च जोखिममा रहेका आठ घरका स्थानीयहरु राति नै भागेर छिमेकीकोमा पुगेका छन्। 

    फोटो : सुशीलबाबु थकाली 

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]