काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई राज्यले नै कमजोर पारेको आरोप लगाएका छन्। जनकपुरधाममा मधेश प्रद...
काठमाडौं : महालेखापरीक्षक टंकमणि शर्माले राज्यले दिएको जिम्मेवारीलाई आग्रह पूर्वाग्रह नराखी दृढतापूर्वक पालना गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
आइतबार राजधानी काठमाडौंमा महालेखापरीक्षकको कार्यालयको ६१ औँ वार्षिकोत्सव कार्यक्रममा उनले अरूको दोष र खोट देखाउने भएको आफू चोखो हुनुपर्ने तर्फ सचेत हुन कर्मचारीको ध्यानाकर्षण गराएका हुन्। उनले आग्रह पूर्वाग्रहमा पर्दा प्रतिवेदन नै गलत ठहरिने भन्दै त्यस तर्फ सचेत र जिम्मेवार बन्न कर्मचारीलाई निर्देशन दिए। कर्मचारीका स्वभाविक कमिकमजोरीलाई आफूले सधैँ जिम्मेवारी लिँदै आएको भन्दै उनले नियतबस गरिने गल्तीको दोषी स्वयं हुनुपर्ने बताए।
उनले भने 'हामी अरुको दोष र खोट देखाउने जिम्मेवारीमा भएकाले आफू चाही चोखो रहनुपर्छ। संपरीक्षण गर्दा आग्रह पूर्वाग्रह गर्नुहुँदैन। नतिजा वस्तुगत हुनुपर्छ। नलेख्नु पर्ने कुरा लेखेको, लेख्नुपर्ने कुरा नलेखेको अनि गलत प्रतिवेदन ठहरिन्छ। यस्तोमा कहिलेकाही हाम्रा कर्मचारी पनि दोषी हुन् कि भन्ने आशंका आउछ। त्यसमा ध्यानाकर्षण गराउन चाहन्छु। जानीजानी मिलेमतो गरेर राज्यको नोक्सानी गरेको कुरामा आफैँले जिम्मेवारी लिनुपर्छ। काम गर्दै जादा हुने स्वभाविक खालका कमी कमजोरीलाई म सधैँ जिम्मेवारी लिन्छु।'
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले महालेखा परीक्षकको कार्यालयलाई दीगो विकास लक्ष्यका १७ सूचकांकको पनि लेखापरीक्षण गर्ने जिम्मेवारी दिइएको जानकारी गराए।
उनले राज्यका सबै संयन्त्र विकेन्द्रीकृत भएपनि महालेखापरीक्षकको कार्यालयले अहिलेसम्म केन्द्रीय ढंगले काम गर्दै आएकाले औपचारिकतामा मात्रै सीमित नभई वर्तमान परिपेक्ष्यमा औचित्य, मितव्ययीता र प्रभावकारीतालाई पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।