समाज

मुगुमा लक्ष्य बढी मुद्दा फर्छ्याैट

असार १५, २०७६

    मुगु : आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य भन्दा वढी मुद्दा फर्छ्याैट भएको  जिल्ला अदालतले मुगुले जनाएको छ। जिल्ला अदालत मुगुमा दर्ता भएका नयाँ पुराना गरी कुल ११९ मुद्दा मध्ये असार मसान्तसम्म ८८ वटा मुद्दा फर्छ्याैट भएको जिल्ला अदालतका सेस्तेदार रुद्ध प्रसाद आर्यलले बताए । 

    यो वर्षको साउन यता ८५ वटा मुद्दा फैसला गर्ने अदालतको लक्ष्य भए पनि कुल ८८ वटा मुद्दा फैसला गरेको जानकारी गराउँदै श्रेस्तादार अर्यालले लक्ष्य भन्दा बढी मुद्दा फर्छ्याैट भएको बताए। 

    अघिल्लो वर्षबाट सरी आएका ३३  र यो वर्षका ८६ गरी जिल्ला अदालत मुगुमा ११९ मुद्दा दर्ता भएका जिल्ला अदालत मुगुले जनाएको छ। अघिल्लो वर्ष सरी आएका ३३ मध्ये ३१ वटा मुद्दा फर्छ्याैट भएका र बाँकी २ वटा मात्र बाँकी रहेका छन। यो वर्षको असारसम्म नयाँ ८६ वटा मुद्दा दर्ता भएकामा ५७ वटा फर्छ्याैट भई २९ बाँकी रहेका श्रेस्तेदार अर्यालले जानकारी दिए।

    उनका अनसार सरकारी फोजदारीका २६ वटा मुद्दा दर्ता भएकामा  १६ वटा फर्छ्याैट भई १० वटा बाँकी रहेका छन भने व्यक्तिवादी देवानीका  २८ वटा दर्ता भएकामा १९ वटा फर्छ्याैट भई ९ वटा बाँकी रहेका अर्यालले जानकारी दिए। 

    सम्बन्ध बिच्छेदका २१ वटा मुद्दा दर्ता भएका भएपनि १८ वटा मुद्दा फर्छ्याैट भई ३ वटा मात्र बाँकी रहेका छ। सम्बन्ध बिच्छेदका मुद्दा बढी दर्ता हुनुमा सानै उमेर विवाह गर्नु, गरिबी र आपसी मेलमिलाप नहुनुले सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गहेका श्रेस्तेदार अर्यालको भनाई छ।

    सम्बन्ध बिच्छेद गर्नेमा २० देखि २५ वर्ष उमेर समूहका रहेका जिल्ला अदालत मुगुले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]