काठमाडौं : भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपा...
सोलुखुम्बु : थुलुङ राई सांस्कृतिक प्रतिष्ठानले गाउँपालिका प्रवेशद्धारमा निर्माण गरिएको गेटमाथिको चिण्डो तोडफोडमा संलग्नलाई कारवाही गर्न माग रेको छ ।
थुलुङ-दुधकोशी गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाको सीमास्थित प्रवेशद्वारमाथिको चिण्डो तोडफोडमा संलग्नमाथि कारवाही गर्न माग गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष निरकुधन राई र महासचिव पदम थुलुङले निकालेको विज्ञप्तीमा सांस्कृतिक धरोहरमा आक्रमण गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
प्रवेशद्वारमाथिको चिण्डो मंगलबार राति अज्ञात व्यक्तिले तोडफोड गरेको थुलुङ-दूधकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।
किरातीहरुको सांस्कृतिक पहिचान मानिने चिण्डोलाई किरातीहरुले वाबु वा वाबुक लगायत विभिन्न नामले चिन्छन् ।
प्रवेशद्वारमाथि गाउँपालिकाले चिन्डो निर्माण गरिराखेको थियो । यस्तै चिण्डो गाउँपालिका केन्द्रमा समेत निर्माण गरिएको गेटमा राखिएको छ । यो घटनामा संलग्नमाथि स्थानीयबासी, दलदेखि जनप्रतिनिधिसम्मले बदमासको खोजी गरि कारवाही माग गरेका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।