राजनीति

बाबुरामको समाजवादी छाडेर नेकपामा पुगिन् पूर्वमन्त्री धमला

असार २०, २०७६

    काठमाडौं : पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्।

    नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बिहान स्वागत गरे। 

    संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपामा प्रवेश गरेकी हुन्।  

    पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगायत केही व्यवसायी र गोरखाका नेता-कार्यकर्तासहित २० जना नेकपामा  प्रवेश गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]