समाज

झण्डै १२ लाख भारु सहित युवक पक्राउ

असार १६, २०७३

    गौशाला : महोत्तरीमा सशस्त्र प्रहरीले बुधबार राति ११ लाख ७२ हजार १० भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१२ मलिवारा बस्ने विमलेश पाण्डेय रहेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले बताए।  

    बुधबार राति करिब ९ बजेतिर नेपाल–भारत सीमामा अवस्थित महोत्तरीको मटिहानी बजारबाट मोटरसाइकलमा चढी भारतीय रुपैयाँ बोकेर जिल्ला सदरमुकाम जलेश्वरतिर जाँदै गरेका पाण्डेलाई जलेश्वर–मटिहानी सडकखण्डको जलसागर नजिकै सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्। 

    सशस्त्र प्रहरीले उनी भारतीय रुपैयाँको अवैध कारोबार गर्ने गरेको आशङ्का गर्दै उनलाई रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि बुधबार राति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]