समाज : सुरक्षा/अपराध

बिदा माग्दा मानसिक यातना दिएको आरोपमा प्रधानाध्यापक केसी पक्राउ

असोज ५, २०७६

    काडमाडौं : त्यौड माविका शिक्षिकामाथि मानसिक यातना दिएको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सुरेन्द्र केसी पक्राउ परेका छन्।

    सुत्केरी बिदा नदिई उल्टै मानसिक यातना दिएको आरोपमा उनलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। प्रअ केसीले चिकित्सकको सिफारिसअनुसार बिदा माग गर्दा उल्टै मानसिक यातना दिएको पीडितको आरोप छ। मानसिक यातनाका कारण शिशुको समेत मृत्यु भएको बताइएको छ।

    आफूमाथि प्रअ केसीले मानसिक यातना दिएको भन्दै पीडित शिक्षिका लक्ष्मी अर्यालले महानगरीय प्रहरी परिसरमा भदौ २२ गते उजुरी दिएकी थिइन्। उजुरीका आधारमा प्रहरीले आरोपी केसीलाई आइतबार विद्यालय परिसरबाट पक्राउ गरेको हो। पक्राउ परेका प्रअ केसीलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

    सो विषय संघीय संसदमा समेत उठेको थियो। उक्त विषयमा नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा शिक्षिकामाथि यातना दिने प्रअलाई कारबाही माग गरेका थिए। गत बिहीबार प्रतिनिधिसभाको बैठकमा भाग लिँदै सांसद थापाले यस्तो माग गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]