काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
ललितपुर : काठमाडौंमा मनाइने लामो जात्रा रातो मछिन्द्रनाथको रथयात्रा आज भोटो देखाएर समापन भएको छ। वर्षा तथा सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथको रथयात्रा करिब दुई महिना चलेर सकिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेकी छन्। सो अवसरमा राष्ट्रपति भण्डारीबाट रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेकी थिइन्। उनले जीवित देवी कुमारीको पनि दर्शन गरिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथका पानेजु यज्ञ शाक्यले टीका तथा प्रसाद प्रदान गरे। भोटोजात्रा स्थलमा प्रमूख जिल्ला अधिकारी ऋषिराम शर्माले राष्ट्रपति भण्डारीलाई स्वागत गरे। ऐतिहासिक भोटो जात्रा अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री भीमबहादुर रावल तथा मन्त्रीहरु सहभागी भएका थिए।
सो अवसरमा गुठी संस्थान ललितपुरका कामु प्रमुख बैकुण्ठ आचार्यले हिरामोती जडित भोटो रथको चारैदिशाबाट देखाएका थिए। जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिएको छ। किन मनाइन्छ रातो मछिन्द्रनाथको रथयात्रा? पढ्नुस् ऐतिहासिक सन्दर्भ।
हेर्नुस् रातो मच्छिन्द्रनाथको भोटोजात्राका २० फोटोः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।