|

काठमाडौ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कुर्सी बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि बोल्न थालेको बताएका छन्। थापाले ट्विटरमा लेख्दै नेकपाको आन्तरिक किचलोमा ओलीले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढंगबाट भगवान रामको कुरा उठाएको बताएका हुन।

'प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले 'जे पनि बोल्ने' प्रधानमन्त्रीकाे पुरानै प्रवृत्ति हो र यो पनि उटपट्याङ शैलीबाट आएको क्षणिक आवेगका रूपमा लिएको पाएँ'' उनले भनेका छन । ओलीले कुर्सी जोगाउन अहिले नया राजनीतिक स्टन्ट चलाएको पनि आरोप लगाए।

'मेरो विचारमा- यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो' उनले भनेका छन, 'प्रमलाई राम्रोसँग थाहा छ, यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई 'कथित राष्ट्रवादी' बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।'

थापाले ओलीले सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न स्पष्ट भएको पनि बताए। ओलीले आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राखेकोले यस्तो भार बोक्न नसक्ने पनि बताएका छन ।

'यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रस्ट पार्छ। आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने प्रधानमन्त्रीकाे अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ',' उनले भनेका छन ,' यसलाई हल्का रूपमा नलिऔँ। यस्ता योजनाबद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔं। प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो।'

कुर्सी जोगाउन जे पनि गर्ने प्रधानमन्त्रीबाट देश र लोकतन्त्र केही सुरक्षित नहुने थापाको आरोप छ। 'प्रतिउत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट न देश सुरक्षित छ न लोकतन्त्र! नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।' थापाले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.