|

डडेल्धुरा : भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्।

१६ वर्ष भारतीय टोलीमा रहेका ३९ वर्षीय धोनीले शनिबार साँझ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै संन्यास घोषणा गरे। धोनीले संन्यास लिएको एक घण्टापछि रैनाले पनि संन्यास घोषणा गरे। ३३ वर्षीयले रैनाले पनि धोनीकै बाटो समातेका हुन्।  

इन्स्टाग्राममा ‘मैं पल दो पल का शायर हूं’ गीताका साथ एक भिडियो पोस्ट गर्दै धोनीले संन्यास घोषणा गरेका थिए। उनले कप्तानको रुपमा ३ वटा आइसिसी ट्रफी भारतलाई दिलाए।

क्रिकेटको छोटो फरम्याट टी–२० क्रिकेटको पहिलो संस्करण सन २००७ को विश्वकप, सन २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ को आइसिसी च्याम्पियन्स ट्रफी दिलाउने कप्तानको रुपमा धोनी चिनिन्छन्। 

धोनीले भारतका लागि सबै फम्र्याटको क्रिकेटमा कुल ५३८ खेल खेलेका थिए। जसमा १७ हजार २६६ रन जोडेका छन्। त्यसमा १६ शतक र १ सय ८ अर्धशतक सामेल छन्।

उनले भारतका लागि ३५० एकदिवसीय, ९० टेस्ट र ९८ टी–२० खेलेका छन्। उनले टेष्टमा ४ हजार ८ सय ७६ रन बनाएका थिए। एकदिवसीयमा १० हजार ७ सय ७७ रन बनाएका धोनीले टी–२० मा १६ सय १७ रन बनाएका छन्।

सन्यास घोषणा गरेका रैनाले ३० जुलाई २००५ मा श्रीलंकाविरुद्ध दाम्बुला वान डेबाट डेब्यु गरेका थिए। रैनाले १८ टेस्टमा ७६८ र २२६ वान डेमा ५ हजार ६१५ रन बनाएका छन्। उनको नाममा  ७८ टी–२० मा १ हजार ६०५ रन रहेको छ। रैनाले टेस्टमा र वान डेमा ५ शतक प्रहार गरेका छन्। टी–२० क्रिकेटमा उनको नाममा एक शतक छ।

आफ्नो शानदार ब्याटिङमार्फत धोनी र रैनाले भारतीय टीमलाई धेरै खेल जितेका थिए। यी दुबै खेलाडीहरूले भारतीय क्रिकेटलाई नयाँ उचाइमा पुर्याए र सफलताको नयाँ कहानी लेखे। यी दुई ब्याट्सम्यानबीचले एकदिवसीय क्रिकेटमा गरेका उत्कृष्ट पाँच साझेदारीको बारेमा चर्चा गर्दैछौं।

५. अस्ट्रेलियाविरुद्ध १३६ रनको साझेदारी (२००९) 

सन् २००९ मा नागपुरमा भएको ओडिआई खेलमा धोनी र रैनाको जोडीले अस्ट्रेलियाविरुद्ध १३६ रनको शानदार साझेदारी गरेका थिए। ​एमएस धोनीले १०७ बलमा १२४ रन बनाएका थिए भने सुरेश रैनाले ५० बलमा ६२ रन बनाए। 

अस्ट्रेलियाविरुद्ध  भारतीय टीमले पहिलो खेलमा ३५४ रन बनायो। जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले २५५ रन मात्रै बनाउन सक्यो।

४. इंग्ल्याण्डविरुद्ध १४४ रनको साझेदारी (२०१४)

इंग्ल्याण्डविरुद्धको एकदिवसीय खेलमा सुरेश रैनाले शानदार शतक बनाएर भारतीय टिमलाई जितेका थिए।

भारतीय टीमले पहिलो खेलमा ६ विकेटको क्षतिमा ३०४ रन बनायो। सुरेश रैनाले केवल ७५ बलमा १०० रन बनाए। एमएस धोनीले ५२ रन बनाएका थिए।

१३४ रनमा ४ विकेट गुमाएपछि यी दुई ब्याट्सम्यानले पाँचौं विकेटका लागि १४४ रनको महत्वूर्ण साझेदारी गरे। जवाफमा इंग्ल्याण्ड १६१ रनमै समेटियो।

३. हङ्कङविरुद्ध १६६ रनको साझेदारी (२००८)

२५ जुन २००८ मा एसिया कपको चौथो खेल कराचीमा भारत र हङ्कङबीच भएको थियो। भारतीय टिमले पहिलो खेलमा ४ विकेटको क्षतिमा ३७४ रनको विशाल स्कोर बनायो। धोनी र रैनाको महत्पूर्ण साझेदारीले यसमा सबैभन्दा ठूलो योगदान पु¥यायो।

धोनी र रैनाले चौथो विकेटका लागि १६६ रनको साझेदारी गरे। एमएस धोनी ९६बलमा १०९ रन बनाए। त्यस्तै रैनाले पनि ६८ बलमा १०१ रनको शानदार पारी खेले। भारतीय टीमले २६६ रनको विशाल अन्तरले उक्त म्यास जितेको थियो।

२. इंग्ल्याण्डविरुद्ध १६९ रनको साझेदारी (२०११)

११ सेप्टेम्बर २०११ मा चौथो ओडीआई भारत र इंग्ल्याण्डबीच लर्ड्समा खेलाइएको थियो। भारतले पहिलो खेलमा ५ विकेटमा २८० रन बनायो। यद्यपि, एक समयमा भारतीय टीमले ११० रनमा मात्र ४ विकेट गुमाएको थियो तर यहाँबाट रैना र धोनीले १६९ रनको शानदार साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पु¥याए।

रैनाले ७५ बलमा ८४ रन बनाउँदा धोनीले ७१ बलमा ७८ रन बनाएका थिए। उक्त खेल टाइ भएको थियो।

१. जिम्बावेविरुद्ध १९६ रनको साझेदारी (विश्वकप २०१५) 

एकदिवसीय विश्वकप २०१५ मा जिम्बावेविरुद्धको खेलमा भारत पराजयको नजिक थियो। तर, धोनी र रैनाबीचको महत्वपूर्ण साझेदारीले भारतलाई खेल जिताएका थिए। भारतविरुद्ध पहिले ब्याटि गर्दै जिम्बावेले ब्रेन्डन टेलर १३८ को शतकीय इनिङ्समा २८७ रन बनायो।

जवाफमा भारतीय पारी खस्कियो। भारतले विराट कोहली, रोहित शर्मा, शिखर धवन र अजिंक्य रहाणेको रुपमा चार अग्रणी ब्याट्सम्यानलाई ९२ रन जोड्ला गुमाएको थियो।

यहाँबाट सुरेश रैनाले कप्तान धोनीसँग १९६ रनको अविजित साझेदारी गर्दै टीमलाई विजय दिलाएका थिए। रैना ११० र धोनीले ८५ रनमा अविजित रहे। धोनीले ४९औं ओभरमा छक्का प्रहार गरेर टिमलाई जिताएका थिए। 

एजेन्सीको सहयोगमा 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.