|

धनगढी  ः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार आज बिहानैदेखि सुनसान बनेको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीवार मध्य रातिदेखि निषेधाज्ञा जारी गरेपछि धनगढी बजार सुनसान बनेको हो। बिहीबार राति १२ बजेदेखी सुरु भएको निषेधाज्ञा भदौ १४ गतेसम्म जारी हुने छ।

बजार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन चलिरहेका छैनन् भने यात्रुवाहक र नीजि सवारी साधनहरु संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ। बजार क्षेत्रमा प्रहरीले कडाई समेत गरिरहेको छ। सडकका ठाउँ ठाउँमा ट्राफिक र नेपाल प्रहरीको उपस्थिति रहेको छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँ ठाउँमा जाँच गरिरहेको छ।

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.