|

सल्यान : नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले नेकपा फुटे संघीयता र राष्ट्रियतामा नै संकट आउने बताएका छन्। संघीयताको कार्यन्वयन र संघीयता जोगाउनका लागि पनि नेकपा फुटन नहुने बताए। 

शनिबार सल्यान ढोरपिपलमा आयोजित बालुवा –कुपिण्डे– जयतपानी– खलंगा सडकखण्डको स्तरवृद्धिको शिलान्यासमा सह इन्चार्ज ज्वालाले पार्टीभित्र नीति, विधि र विचारमा विवाद भएको बताए। साथै उक्त विवादलाई महाधिवेशनबाट टुंगो लगाउन सकिने पनि उनले जनाए।

भने, ‘एउटा गाउँको सामान्य क्लब त नीति विधिमा चलेको हुन्छ भने देशको नेतृत्व गरेको पार्टी पनि नीति विधि र प्रकृयामा हिँड्नुपर्छ।’ पार्टीको विधिलाई स्वीकार गर्न नसक्ने व्यक्ति कम्युनिस्ट हुन नसक्ने उनले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.