|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न समूहले शनिबार काठमाडौंसहित देशभर प्रदर्शन गर्दैछन्। 

राजसस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित दिउँसो १ बजे काठमाडौंको माइतीघर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए। 

झापामा आयोजना हुने कार्यक्रमलाई राप्रपा सांसद राजेन्द्र लिङदेनले सम्बोधन गर्दै छन्। राप्रपा र राज संस्थाको पुनर्स्थापना गर्ने समूहले राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्दै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.