|

काठमाडौं  : शिवपुरी जङ्गलमा भएको आगलागी नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालिएको छ। आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकोप्टरको सहायता लिइएको हो।

आगलागीको कारण भने अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्। सिम्रिक एयरलाइन्सले पानी हालेको प्रहारी प्रभाग बूढानीलकण्ठले जनाएको छ। आगलागीस्थलमा आगो नियन्‍त्रणका लागि तीनवटा दमकल  पुगिसकेको बताइएको छ।

जंगलमा आगलागी भएपछि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जका कर्मचारी गरी करिब दुई सय जना आगो नियन्त्रणमा खटिएका थिए। बुढानिलकण्ठ नगरपालिका र नेपाली सेनाकै दमकलबाट आगलागी नियन्त्रणमा लिने प्रयास दिनभर गर्दा पनि नियन्त्रणमा नआएपछि हेलिकप्टरको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो।

जंगल भित्र ठूलो आगलागी भएको हो। मानवीय क्षति भने नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताएका छन्।

आगो नियन्त्रणका लागि सिम्रिक एयरका दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो। करिब दुई घण्टासम्म हेलिकप्टरले पानी झारेर  आगलागी नियन्त्रणमा आएको सिम्रिक एयरका फिल्ड इन्चार्ज रविन्द्र अधिकारीले बताए।  'हामीले आज करिब २ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छौं,' उनले भने।

सुरूमा हेलिकप्टरले बुढानिलकण्ठस्थित एक होटलको छतबाट पानी ओसारेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि  आगलागी भएको क्षेत्र र होटल टाढा भएपछि बासिखुको माछापोखरीबाट पानी ओसारिएको प्रहरीले बताएको छ।

 

केही तस्वीर झलक :

                                                                                                         सबै तस्वीरहरू गोरखापत्र

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.