|

मोरङ : नेपाली विभागीय टोली एपिएफले भारतीय विभागीय टोली पञ्जाव पुलिसलाई हराउँदै विराटनगरमा जारी छैठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ।

शहिद रंगशालामा शनिबार भएको फाइनलमा पञ्जाब पुलिसविरुद्ध १–० गोलान्तरको जित निकाल्दै एपिएफले उपाधि जितेको हो। खेलको १० औं मिनेटमा  प्रदिप लामाले गरेको गोल नै एपिएफलाई जिताउन निर्णायक बन्यो। योसँगै एपिएफ पहिलो पटक विराट गोल्डकपको उपाधि जित्न सफल भएको छ।

चैत २६ देखि सुरू भएको रात्रिकालीन गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। प्रतियोगितामा एपिएफले विभागीय चिर प्रतिद्वन्द्वी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।

एपिएफले क्वार्टरफाइनलमा प्रहरीलाई २–० ले र सेमिफाइनलमा विराटनगरलाई ३–२ ले  हराएर फाइनलमा स्थान पक्का गरेको थियो। पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई २–०, गोरखा व्वाइज क्लब पन्देहीलाई ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्वविजेता टिम संकटालाई १–० ले हराउँदै पन्जाबले  फाइनलमा स्थान पक्का गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.