|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको चालु सातौं अधिवेशन बैशाख ७ गते मंगलबार रातिदेखि अन्त्य हुने भएको छ। आइतबार अपराह्न बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि निर्णयबारे जानकारी दिंदै सुदूरपश्चिम  प्रदेश सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले चालु प्रदेशसभा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको बताए।

मन्त्रिपरिषद्को निर्णय अनुसार अधिवेशन आव्हान तथा अन्त्यका विषयमा प्रदेश प्रमुखले निर्णय गर्ने संवैधानिक प्रावधान रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.