घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडाैं लगियो, दोषी फरार

|

सर्लाही : ईश्वरपुर नगरपालिका-१२ मा घारीबथानमा आज एक जनामाथि पेट्रोल छर्केर एक पुरुषले ज्यान लिने प्रयास गरेका छन्।  

घारीबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई सोही ठाउँका शिवजी साहले शरीरमा पेट्रोल छर्केर आगो लगाएका प्रहरीले जनाएको छ।

आगोले जलेर गम्भीर घाइते शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ पुर्‍याइएको थियो। घाइतेको त्यहाँ उपचार हुन नसकेपछि सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।

शिवजी हिजो मात्रै दुबईबाट घर आएका बुझिएको छ। पेट्रोल छर्केर आगो लगाउने साह फरार छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण शिवजीले शियाशरणको ज्यानै लिने उद्देश्यले घटना घटाइएको पाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न साहको खोजी कार्य तीव्र पारिएको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.