|

तनहुँ : टिपरको ठक्करबाट तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ। दोलखा जिल्ला घर भई हाल इञ्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो। 

सोही मोटरसाइकलमा सवार एकजना सख्त घाइते भएको प्रहरीले जनाएको छ। डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०१८प ७८९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग १ क २८७७ नम्बरको टिपरले आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित पृथ्वीराजमार्गमा बिहीबार साँझ ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उक्त मोटरसाइकलमा पछाडि सवार रामेछापको गोकुलगङ्गा–४ का सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मोटरसाइकलाई ठक्कर दिई फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.