|

सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोकमा दुई थान अक्सिजन जेनेरेटर हस्तान्तरण गरेको छ।

मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्ची र बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रलाई एक÷एक थान हाइड्रोजन अक्सिजन जेनेरेटर तथा सो को नेबुलाइजर हस्तान्तरण गरेको हो।

चाइना फाउण्डेसन फर पीस एण्ड डेभलपमेन्टको सहयोगमा उपलब्ध गराइएको सो उपकरणको भन्सार तथा पारबहन बाहेकको मुल्य प्रतिइकाई करिब ३० लाख रुपैयाँ पर्दछ।

उक्त उपकरणले विद्युत हुँदा २४ घण्टा नै सेवा प्रदान गर्ने जनाइएको छ। विद्युत नहुँदा ३ घण्टा हाइड्रोजन र अक्सिजन उत्पादन गरि विरामीलाई अक्सिजन उपलब्ध गराउन टेवा पुग्नेछ।

राप्रपा सिन्धुपाल्चोकका नेताहरुको पहलमा केन्द्रीय अध्यक्ष पशुपति शम्शेर जबरामार्फत सो उपकरण आइतबार मेलम्चीमा र सोमबार बाह्रविसेमा हस्तान्त्रण गरिएको राप्रपा क्षेत्र नम्बर १ का अध्यक्ष शिव भण्डारीले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.