|

काठमाडौं :  नेकपा एमालेका नेता योगेश भट्टराईले शीर्ष नेताहरू नै एकताको बाधक बनेको भन्दै असन्तुष्टि जनाएका छन्। 

अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल नै पार्टी एकताको समस्याका रूपमा देखापरेका भट्टराईको टिप्पणी छ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’

कसले किन र केका लागि यो सबै गर्दैछ भनी उनले प्रश्न पनि गरेका छन्।  ‘एमाले एकताको समस्याको मूल जड यहीँ छ। यस विषयमा कमरेडहरूबीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ’, भट्टराई भनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.