|

काठमाडाैं : फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखी हुने भएको छ। 

अखिल नेपाल  फुटबल संघ (एन्फा) ले आज सबै पदाधिकारीसँग छलफल गरेर ए डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ।

आज (सोमबार) दिउँसो एन्फा मुख्यालयमा बसेको ए डिभिजन लिग र एन्फा पदाधिकारीको बैठकले लिगको मिति तय गरेको हो। बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता पर्सी बुधबारबाट खुला हुने बताइएको छ।

कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो। असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुंग्याएको सरस्वती यो सिजनमा हुने छैन।

एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरे पनि सकिने मिति भने खुलाएको छैन। एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ।

सोही लक्ष्य अनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.