|

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा सडक सञ्जाल टुटेको छ। ​​ चनौटेस्थित रातोपुल बाढीले बगाएपछि हेलम्बु गाउँपालिका सडक सञ्जालबाट टुटेको हो।

मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको पुल गएराति देखि उर्लिएको बाढीले बगाएको हो। असार १ गते आएको बाढीले जोखिममा रहेको पुल गएराति उर्लिएको बाढीले बगाएको हो।

चनौटेको रातो पुल पनि बगेपछि अब मेलम्ची बजारदेखि माथि मेलम्ची नदीमा कुनै पुल बाँकी नरहेको बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री युवराज दुलाल शरदले बताएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘असाधारण संकटको सामना गर्नु पर्ने स्थिति आएको छ। सबैले धैर्य गरौं। सबै जुटेर विपत्तिले सृजना गरेको आपतबाट जनजीवन सञ्चालन गरिनेछ।’

असार १ गते आएको बाढीले हेलम्बुदेखि मेलम्चीसम्मको ठूलो मानविय र भौतिक क्षति भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.